खोला तर्ने क्रममा कैलालीमा एक जना बेपत्ता

कैलालीमा खोला तर्ने क्रममा एक जना बेपत्ता भएका छन्।

मोहन्याल गाउँपालिका वडा नं ३ पिपलीखेत बस्ने ५४ वर्षीय दान बहादुर विष्ट आइतबार साँझ ८ बजेतिर खोला तर्नेक्रममा बेपत्ता भएका हुन्।

उनी वडाकै सल्लेरीमा भएको नेपाली कांग्रेसको कार्यक्रमबाट फिर्ता भई गेदान खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सह-प्रवक्ता हिक्मत थापाले जानकारी दिए।

पत्ता विष्टको खोजी कार्यको लागि सोमबार बिहान प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close