विकासको नमुना अध्ययन गर्दै कञ्चनपुरबाट धरानसम्म

बिवश लामिछाने
धरान । सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेको पुर्नवास नगरपालिकाका प्रमुखसहितको टोलीले विकास निर्माणको नमुना अध्ययन गर्दै सुदुरपुर्वका जिल्लाको अवलोकन भ्रमण गरेको छ ।
मंसिर २६ गते धरानमा आइपुगेको टोलीलाई धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य किशोर परियार, दलित विकास समितिका सदस्यसचिव तारा लामगादे लगायतले स्वागत गरेका छन् । धरान १६ नम्बर वडा कार्यालयमा उत्पीडित महिला सशक्तिकरण अभियानले भ्रमण टोलीलाई स्वागत कार्यक्रमको आयोजना गरेको हो ।
अभियानकी अध्यक्ष कुमारी बराइलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुर्नवास नगरपालिकाका प्रमुख जीवनराज थापा प्रमुख अतिथि रहेका थिए । नगरप्रमुख थापाले विकासका क्षेत्रमा पछाडी परेको सुदुर पश्चिम क्षेत्रले पुर्व नेपालका नाम चलेका सहरहरुको अध्ययन अवलोकन गर्न मंसिर २१ देखि पूर्वका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा हुँदै जनकपुरसम्मको अबलोकन गरेको बताए । उनले धरानको विकास र समृद्धि प्रशंसनीय भएको बन्दै यहाँका भौतिक संरचना र सामाजिक संरचनाबाट थुप्रै शिक्षा प्राप्त भएको बताए । भ्रमण पछि आफ्नो नगरपालिकालाई विकसित र समृद्ध बनाउन योजना निर्माण गर्न सहज हुने बताए ।
कार्यक्रममा धरान उपमहानगरपालिका दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले धरानको भौगोलिक परिचय, जातीय, धार्मिक, सांस्कृतिक विविधता, व्यापारीक तथा पर्यटकीय पुर्वाधारका विषयमा जानकारी दिएका थिए । उनले सो क्रममा सुदुरपश्चिमबाट धरानको नाम लिएर प्रत्यक्ष रुपमा अबलोकन गर्न आएकोमा पाहुनाहरुलाई स्वागत गरेका थिए । आगमी दिनमा दुई नगर बीचको सम्बन्ध श्रोत साधनको आदन प्रदान गर्ने सम्म हुने बताए । सोही अवसरमा पुर्नवास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले आफुले धरान, धनकुटा, भेडेटार, इलाम लगायका बारेमा कितावमा मात्रै पढेको तर प्रत्यक्ष रुपमा अबलोकन भ्रमण पछि आफ्नो क्षेत्रमा विकासका सम्भावना हुँदा हुँदै पनि सडक सञ्जाल विस्तार गर्न नसक्दा पछि परेको महशुस भएकोले अब पुर्वको विकासको नमुना हेरेर सुदुर पश्चिममा काम अघि बढाउने बताइन् ।
कार्यक्रममा पुर्नवास नगरपालिकाका प्रबक्ता भारमल सुनारले धरानवासीहरु अतिथि सत्कारमा ज्यादै अगाडी रहेकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले स्वागत कार्यक्रमको आयोजना गरी दुई नगरपालिकाबीचका भावना तथा विचारहरु आदन प्रदान गर्न पाएकोमा ज्यादै हर्षित रहेको बताए । त्यस्तै धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य किशोर परियारले धरान उपमहानगरपालिका कार्यालयकै तर्फबाट स्वागत कार्यक्रम राख्न समयअनुकुल नभए पनि उत्पीडित महिला सशक्तिकरण अभियानले कार्यक्रमको आयोजना गरी अवसर प्रदान गरेकोमा धन्यवादी भएको बताए । आगमी दिनमा दुई नगरबीचमा भगिनी सम्बन्ध स्थापना गर्न आफुले पहल गर्ने बताए ।
कार्यक्रममा पुर्नवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेसहित कार्यपालिका सदस्य, वडा अध्यक्ष एवम् सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अभियानकी उपाध्यक्ष सुनिता सिन्च्युरीले गरेकी थिइन् भने सञ्चालन सचिव सृजना विश्वकर्मा दर्नालले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close