सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा बस्नेत

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेले निर्वाचित भएका छन्। मंगलबार बिहानको अन्तिम मतपरिणाम अनुसार कँडेल ९११ मतले निर्वाचित भएका हुन्। अध्यक्षका अर्का उम्मेदवार हर्षविक्रम खड्काले ८६३ मत ल्याएका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा खड्का समूहबाट गणेशकुमार बस्नेत निर्वाचित भएका छन्। उनले ९४१ मत ल्याउँदा प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएका छन्। वाणिज्य उपाध्यक्षमा पनि खड्का समूहबाट प्रेमबहादुर रावत ९२० मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी दीपेन्द्र ढकालले ७८४ मत पाए।
उद्योग उपाध्यक्षमा खड्का समूहबाटै ८६७ मत सिंहराज बम ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी प्रेमप्रसाद पाण्डेले ८५७ मत ल्याएका छन्।
महिला उपाध्यक्षमा कँडेले समूहकी तारा रावत ८८२ मत ल्याएर निर्वाचित भएकी छन्। खड्का समूहबाट उम्मेदवार बनेकी कृष्ण कुमारी थापाले ८२१ मत पाएकी छन्।
महासचिवमा कँडेल समूहकै भद्र भण्डारी निर्वाचित भएका छन्। भण्डारीले ८७२ मत ल्याउँदा प्रतिद्वन्द्वी रामप्रसाद जैसीले ८६५ मत ल्याएका छन्।
यस्तै उपमहासचिवमा कँडेल समूहबाट कृष्णप्रसाद सुवेदी ८७५ मतसहित निर्वाचित भएका छन्। खड्का समूहबाट उम्मेदवार बनेका पूर्णदेव अधिकारीले ८१२ मत ल्याएका छन्।
कोषाध्यक्षमा खड्का समूहबाट रामप्रसाद पाण्डे ९३८ मत ल्याएर निर्वाचित भएका छन् भने कँडेल समूहका उम्मेदवार राजेन्द्रबहादुर शाही ७६५ मत ल्याएर निर्वाचित भएका छन्। सहकोषाध्यक्षमा पनि खड्का समूहबाटै सूर्यबहादुर खत्री ८६५ मत ल्याएर निर्वाचित भएका छन्। अर्का उम्मेदवार भिमप्रसाद पौडेलले ८३२ मत ल्याएका छन्।
हर्षविक्रम खड्काको समूहबाट महिला सदस्यमा कृति शाक्य गुभाजु, एसोसियट सदस्यमा जनकबहादुर थापा र आरक्षणतर्फको सदस्यमा सन्तोषकुमार बराईली निर्वाचित भएका छन्।
उक्त समूहबाट खुला सदस्यमा पहलसिंह बस्याल, अर्जुनजंग शाही, लक्ष्मण खत्री देवकोटा, अजय गुरुङ, भुवन ज्ञवाली र बुद्ध तामाङ निर्वाचित भएका छन्।
कँडेल समूहबाट महिला सदस्यमा लक्ष्मी कुमारी तिवारी निर्वाचिन भएकी छन्। खुला सदस्यमा गणेश खड्का, दीपक खड्का, विन्द्रप्रसाद जैसी, रमेश बराल, सागर भुषाल निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित कँडेल यसअघिको कार्यसमितिमा महासचिव थिए भने खड्का वरिष्ठ उपाध्यक्ष थिए। नयाँ कार्यसमितिका लागि खड्का र कँडेलको नेतृत्वमा दुई समूह चुनावी मैदानमा उत्रिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close