गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

दार्चुलाको अपी हिमाल गाउँपालिकाकी गर्भवती महिला सुरन्ती बोहराको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेपछि ६ घण्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको छ भने आमाको ज्यान जोखिममा परेपछि हेलिकोप्टरबाट उद्धार गरिएको हो।
अपी हिमाल गाउँपालिका ३ का २२ वर्षीया सुरन्तीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। चिकित्सकले सोमबार राति मृत शिशु निकालेको खण्डेश्वरी स्वास्थ्य चौकीले जनाएको छ।
गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घण्टा हिँडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाई पुर्‍याइएको थियो। स्थानीय स्वास्थ्य चौकीमा उपचार असम्भव भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुरन्तीलाई सुर्खेत रिफर गरिएको अपी हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह बोहराले जानकारी दिनुभयो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close