लता मंगेशकरको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

मुम्बई । भारतीय गायिका लता मंगेशकरलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

सोमबार बिहान २ बजे उनलाई श्वासप्रश्वासमा समस्या आएपछि मुम्बाईको ब्रिच क्यान्डी अस्पताल लगिएको हो ।अवस्था केही जटिल भएपछि उनलाई आईसियूमा राखेको भए पनि अहिले उनको स्वास्थ्यमा सुधार देखिएको अस्पताल स्रोतले बताएको छ ।

भारतीय मिडियाका अनुसार उनमा छातीको इन्फेक्सन देखिएको छ । अहिलेकै गतिमा क्रमिक सुधार देखिए उनलाई दुई-तीन दिनमा घर पठाउन सकिने अस्पताल स्रोतले बताएको छ ।

भेट्रान गायिका मंगेशकरले हिन्दी भाषामा मात्रै हजार बढी गीतमा आफनो स्वर दिइसकेका छन् ।

उनलाई २००१ मा सर्वोच्च नागरिक सम्मान र भारत रत्नबाट पनि सम्मानित गरिसकेको छ । यो सँगै उनी अरु थुपै सम्मानबाट पनि सम्मानित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close