सवारी दुर्घटनामा दुईजनाको मृत्यु

बाँके र मकवानपुरमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१, धम्बोझी चोकमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-२ का ४८ वर्षीय दानबहादुर सुनार छन्।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे ५ प १६५६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका उनलाई गएराति ९ बजे ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहाेम नेपालगञ्जमा मृत्यु भएको हो। मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ।

मकवानपुरको गढी गाउँपालिका-२ मा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोही घटनामा एकजना घाइते भएका छन्।

गढी दरबारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ६ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार गढी गाउँपालिका-३ का ४६ वर्षीय भरत पुडासैनीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालक मक्रानचुली घर भएका ४१ वर्षीय कुमार पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी चौघडाले जनाएको छ।

यस्तै बाँकेको परसपुरस्थित भित्रि सडक खण्डमा गएराति बलेरो गाडिले अटोलाई ठक्कर दिदा अटो चालक गम्भिर घाइते भएका छन्। अटोमा सवार अन्य दुईजना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

बाँकेका २५ वर्षीय अटो चालक रामु धरो पन्ना कादु गम्भीर घाइते भएका छन्। अटोमा सवार स्थानीय १८ वर्षीय देशराज कादु र सोही स्थानका दिनेश ठाकुरका ८ वर्षीय छोरा करण ठाकुरको अवस्था भने सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close