
प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा आज एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग एेन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।