Murti

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्। बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन्।
घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ। स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close