करेन्ट लागेर एक जनाको मृत्यु

विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
श्रेष्ठले आफैँले जंगली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँगेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close