
बिहीबार बिहान सम्ममा कोरोनाबाट विश्वभर १ करोड ६९ लाख ४० हजार १ सय ७४ जना संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट हालसम्म ६ लाख ६४ हजार ७ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, ९८ लाख ९८ हजार २ सय ६९ जना संक्रमित निको भइसकेका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख १४ हजार ८ सय ३४ जना संक्रमित भएका छन् । जसमध्ये, १ लाख ५० हजार ४ सय ४७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, ब्राजिलमा २५ लाख ५२ हजार २ सय ६५ संक्रमित र ९० हजार १ सय ३४ को मृत्यु भएको छ ।
साथै, भारतमा १५ लाख ३१ हजार ६ सय ६९ संक्रमित भएका छन् भने ३४ हजार १ सय ९३ को मृत्यु भएको छ ।
यसका साथै, रुसमा ८ लाख २७ हजार ५ सय ९ संक्रमित छन् भने १३ हजार ६ सय ५० को मृत्यु भइसकेको छ ।