
विश्वभर कोरोनाभाइरसबाट अहिलेसम्म दुई करोड दुई लाखभन्दा बढी संक्रमित भएका छन्। तीमध्ये एक करोड ३० लाखभन्दा बढी निको भएका छन्।
अब उपचाररत् संक्रमितको संख्या करीब ६४ लाख सात हजार छ। तीमध्ये एक प्रतिशत अर्थात् ६४ हजार ५५८ जना गम्भीर छन्। कुल संक्रमितमध्ये सात लाख ३७ हजार ८६३ जनाको मृत्यु भएको छ।
आधाभन्दा बढी संक्रमित अमेरिका, ब्राजिल र अमेरिकामा छन्। यी तीन देशमा मात्र एक करोड पाँच लाखभन्दा बढी संक्रमित भएका छन्।
अमेरिकामा सबैभन्दा बढी ५२ लाख ५० हजारभन्दा धेरै संक्रमित भइसकेका छन्। त्यस्तै ब्राजिलमा ३० लाख ५७ हजार र भारतमा २२ लाख ६७ हजारभन्दा बढी संक्रमित छन्।
पछिल्लो २४ घन्टामा सबैभन्दा बढी संक्रमित भारतमा फेला परेका छन्। त्यहाँ ५३ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। अमेरिकामा ४८ हजार र ब्राजिलमा २१ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।