
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ९२ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ९२ लाख ९५ हजार ३ सय ५० जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४९ लाख ४० हजार ९ सय ३९ पुगेको छ। त्यस्तै ब्राजिलमा २९ लाख ६२ हजार ४ सय ४२, भारतमा २० लाख २७ हजार ७४ र रुसमा ८ लाख ७५ हजार ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख १९ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ७ लाख १९ हजार ८ सय ५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ६१ हजार ३ सय २८, ब्राजिलमा ९९ हजार ५ सय ७२, बेलायतमा ४६ हजार ५ सय ९६ , मेक्सीकोमा ५१ हजार ३ सय ११ , इटालीमा ३५ हजार १ सय ९० जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड १६ लाख ८१ हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २२ लाख ७२ हजार २ सय ९९ , अमेरिकामा १६ लाख २३ हजार ८ सय ७०, रुसमा ६ लाख ८२ हजार २ सय ७८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २२ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ हजार ८ सय १४ जना संक्रमणमुक्त भएका छन् भने ७० जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २० लाख २७ हजार ७४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४१ हजार ५ सय ८५ पुगेको छ। भारतमा हालसम्म १३ लाख ७८ हजार १ सय ५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८२ हजार ६ सय ४५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ५८ हजार ९९ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ३९ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय ६४ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ५ सय २ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ४४ हजार ५ सय ८४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार १५ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ७ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ९ सय ३ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९६ छ।
माल्दिभ्समा संक्रमितको संख्या ४ हजार ७ सय ६९ रहेको छ। मृत्यु हुनेको संख्या १९ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ७ सय ५४ पुगेको छ ।