
बिहीबार विश्वमा कोरोना संक्रमणका कारण करिब ६ हजारको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार ५ हजार ९९९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुधबार ५ हजार २७४ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६२ हजार ९५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ६८ लाख १२ हजार ७५५ पुगेको छ ।
सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।
दक्षिण अफ्रिकामा मात्रै हालसम्म ४ लाख ७१ हजार १२३ मा कोरोना संक्रमण देखिसहकेको छ भने ७ हजार ४९७ को मृत्यु भइसकेको छ ।