खेलकुद क्षेत्रमा परिचित राइको जीवनको भिन्न बाटो कुखुरा पालन

३४ बर्षदेखि कुखुरापालन जमेका राइ परिवार

भनिन्छ , दुख काटेपछि सुख आउछ नै तर परीश्रम नगरी आफै सुख आउदैन । हाम्रो समाजमा केहि न केहि ब्यबसायबाट परिचय स्थापित गरेका मानिसको जीवनको अर्को पाटोको बारेमा कमैलाई थाहा हुन्छ ।
सुर्खेती खेलकुद जगतमा परिचित नाम प्रदीप राइ, सितोरियो करातेमा मात्र होइन, व्यावसायीक रुपमा लेस कुखुराको अण्डा उत्पादनमा पनि सक्रिय हुनुहुन्छ । खेलकुद क्षेत्रमा सवैले चिन्ने राइको जीवनको फरक बाटो भनेको व्यावसायीक अण्डा उत्पादन गर्नु हो । खेलकुद क्षेत्रमै परिचित उहाँको परिवार विगत २०३८ साल देखि कुखुरा पालनमा संलग्न छ । शिक्षण पेशमा समेत संलग्न राइ खेलकुद क्षेत्र कै लागि केहि गर्ने अभिलाषाले उपदानाम निस्किएर हाल कर्णाली प्रदेशको प्रशिक्षक प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ , प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश ।

कुरा २०३८ सालको हो, एक जना आफन्तले बुवाको नामको जग्ग कृषि विकास बैंकमा राखेर ऋण निकाले । ऋण निकालेको लामो समयसम्म पनि उनी हाम्रो र वैंकको सम्पर्कमा आएनन । वैंकमा जग्गा मात्र होइन, ऋण पनि वुवाकै नाममा रहेछ । घरको सवै काम वुवाले गर्नुहुुन्थ्यो, त्यती हामीलाई थाहा भएन । व्याज र किस्ता वैंकमा नपुुगेपछि वैंक कर्मचारी हाम्रो घरमा गए । ऋणको किस्ता, व्याज समयमै नआएको हुदाँ हर्जना समेत असुल्न उनीहरु हाम्रोमा पुुगे । तीनै ऋण निकाल्ने आफन्त र वैंक कर्मचारीले हाम्रो परिवारलाई कुखुरापालन व्यवसायमा लगाएका हुन् ।
शूरुमा नेपालगञ्जबाट २ सय लेस कुखुरा ल्यायौं । बजारको घरमा कुखुरा पाल्न शूरु भयो । शूरु शूरुमा त कुखुरालाई हाल्ने दानाको मात्रा मिलाउनै जानेनौ । यसबाट कुखुरा पनि मरे, केहि नोक्सानी पनि भयो । भेटनेरीबाट आवश्यक सीप र तालिम पनि पायौं । तालिमले कुखुरा पाल्नमा धेरै सहयोग भयो । दाना कसरी खुवाउने, केहि रोग लागे कस्तो औषधी खुवाउने जस्ता समस्या वेहोर्न परेन । अण्डा उत्पादन हुन थालेपछि हातमा नगद पर्न थाल्यो । यसले हाम्रो परिवारलाई यसैमा लाग्ने प्रेरणा दियो ।

खेलाडी राइको पारिवारिक जमघट, क्रमश दाइ दिपक राई (रातो टिसर्ट), भाइ सुदिप राई (बीचमा) प्रदीप राई साथमा दिदी वहिनीहरु, जो खेलकुद जगदमा सुर्खेतलाई चिनाउन सफल थिए ।

दाइ राष्ट्रिय खेलकुदको खेलाडी र भाइ बक्सिङको राष्ट्रिय खेलाडी, परिवार खेलकुदमय वातावरणमा थियो । २०५६ सालको बर्डफ्लुु महामारीले हाम्रो व्यवसायमा ठुलो धक्का दियो । कर्डफ्लुुबाट हामीले करिव १० लाखको नोक्सानी वेहोर्नु प¥यो । यसको असर हामीलाई २ बर्षसम्म भयो । तर हामी अत्तालिएनौ, व्यवसायलाई निरन्तरता दियौं ।
बजार क्षेत्रमा भिडभाड बढ्न थाल्यो । कुखुरापालनका लागि हामीलाई त्यहाँ ठाउँ साघुँरो भयो । हामीले वैकल्पिक ठाउँको खोजी गर्न थाल्यौं । औधोगिक क्षेत्र हाम्रो लागि उपयुक्त क्षेत्र बन्यो । २०६० बाट हाम्रो व्यवसाय औधोगिक क्षेत्रबाट शूरु भयो । करिव २०० कुखुराबाट शूरु गरेको व्यवसायका १ करोड बराबरको पूर्वाधार निर्माण भएको छ ।
यो व्यवसाय बाहिर बाट हेर्दा जस्तो सहज छैन । मेरो परिवार सवै सँगै छौ, सवैले यसलाई समय दिन्छौं । म साझ विहान धेरै समय दिन्छु । हाल दानाका लागि अरुको भर पर्नु पर्दैन । आफ्नो फर्मलाई चाहिने दाना यही उत्पादन गर्छौं । यसको पूर्वाधार निर्माणमा करिव ७० प्रतिशत लगानी छ भने, बाकिँ ३० प्रतिशत दाना, कुखुरामा लगानी छ । अन्य व्यवसायमा झै छिटो लाभ लिन यसबाट सकिदैन । लगानी ठुलो हुदाँ प्रतिफलका लागि केहि समय कुर्नै पर्छ ।

फर्ममा कुखुराका लागि दाना उत्पादन गर्ने ठाउँ र तयारी दाना

अहिले फार्ममा दुई हजार ३ हजार कुखुरा रहेका छन् । लेयर्स जातको कुखुराले १८ महिनासम्म अण्डा उत्पादन गर्ने र सो अवधिमा एउटा कुखुराले ४०८ वटासम्म अण्डा दिन्छ । हाल यहाँको उत्पादनले सुर्खेत बजारमा हुुने अण्डाको मागलाई धेरै धानेको छ ।
यता जिल्लामा उत्पादन हुने अण्डाप्रति स्थानीय खुद्रा व्यवसायी तथा उपभोक्ता भने आकर्षित छन । यहाँ उत्पादन हुने अण्डा स्वस्थ तथा ताजा हुने भएकाले खुद्रा व्यवसायीका साथै उपभोक्ता आकर्षित हुन्छन । जिल्लाकै पुरानो व्यवसाय समेत भएकाले अधिकांश अण्डा घरबाटै विक्रि हुन्छ । हालको उत्पादनबाट भने राम्रै फाइदा रहेको छ । सबै खर्च कटाएर सरदरमा बार्षिक ३२ लाख बराबर आम्दानी हुदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close