पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । उहाँको उपचारका क्रममा दुबईमा निधन भएको हो ।
७९ वर्षका उहाँ कमैलाई मात्र लाग्ने एमलोइडोसिस् रोगबाट पीडित हुनुहुन्थ्यो र उहाँ ३ हप्तादेखि अस्पतालमा भर्ना हुनुभएको थियो ।
पूर्व सेनाप्रमुखसमेत रहेका उहाँको निधनमा सेनाको मिडिया विङ्सले समवेदना सन्देश निकालेर भनेको छ, ‘अल्लाहले दिवंगत आत्मालाई शान्ति र शोक सन्तप्त परिवारलाई शक्ति दिउन् ।’
१८ वर्षको उमेरमा सन् १९६१ मा सैनिक एकेडेमीमा भर्ना भएका उहाँ सेनाको प्रमुख बन्नुभएको थियो । सन् १९९९ मा सैनिक कुमार्फत उहाँले सत्ता हात पार्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close