वडाले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता राखेकाे छ: कार्यवाहक वडाध्यक्ष शाही (भिडियाे सहित)

वीरेन्द्रनगर नगरपालिकाको शैक्षिक तथा प्रशासनीक केन्द्रका रुपमा चिनिएको वडा ८ साविकका वडा नं. ९ र १० मिलेर बनेको छ । विकास र समृद्धिमा वडाले गरेका गतिविधिबारे कार्यवाहक वडा अध्यक्ष थिर बहादुर शाहीसँग गरिएको कुराकानी अंशलाई हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । ।
निर्वाचित भइसकेपछि हालसम्म वडाको पूर्वाधार विकासमा के के काम गर्नू भयो ?
हाम्रो चुनावी एजेण्डा अनुसार वडाका शिक्षा, स्वास्थ्य लगायतलाई विशेष प्राथमिकता दिएका थियौं । सडक, नाला जस्ता क्षेत्रमा क्रमागत विकास गरेका छौं । वडामा शहरी स्वास्थ्य संचालन गरेका छौं । वडा नंं. ८ मा मावि विद्यालय थिएन । अहिले मावि कक्षा सञ्चालनका लागि भवन निर्माण भइरहेको छ । वडा भित्र लगत कट्टाको काम भएको छ ।
गत बर्ष कोरोनाका कारण केहि पूर्वाधारका काम प्रभावित भए, यो बर्ष उच्च प्राथमिकता दिएका छौं । अघिल्लो बर्ष करिव डेढ किलोमिटर सडक कालोपत्रे भएको छ । वडा भित्र पार्क निर्माण भएका छन् । सडक फराकिलो, नाला निर्माण जस्ता काम भइरहेका छन् । बजेटको आकार सानो र काम गर्नु पर्ने क्षेत्र धेरै भएकाले पूर्वाधार विकासमा भएका काम देखिन अझ केहि समय लाग्ने देखिन्छ
निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता अनुसार काम भएका छन् ?
हामीले गरेका प्रतिवद्धता अनुसार काम भएका छन् । वडा नं. ८ मा हामीले शिक्षा, स्वास्थ्य, सडक, नाला र बाटोको लगतकट्टा जस्ता काम जनतासँग गरेकै प्रतिवद्धता अनुसार काम भएका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पूर्वाधार निर्माणमा छुट्याएका हरेक काम फागुन मसान्तसम्म काम गर्ने गरेका छौ । अहिले वडामा हाम्रा प्रतिवद्धता अनुसार काम भएका छन् ।
वडामा तपाइहरुले काम गर्दा के कस्ता समस्या आएका छन् ?
हामीलाई प्राविधिक जनशक्तिको अभाव छ । सिमित जनशक्तिका कारण समयमा काम हुन सकेका छ्रैनन । वडाका विभिन्न टोलमा सहमतिका आधारका बाटोलाई चौडा बनाउन तथा लगतकट्टा गर्नलाई समस्या छ ।
वडामा कति बजेट आउने गर्दछ र त्यो पर्याप्त छ कि छैन ?
पहिलो बर्ष १ करोड ५० लाखका दरले वडामा बजेट छुट्याइएको थियो । पहाडी वडा र शहरी वडामा भौगोलिक कठिनाइलाई दृष्टिगत गरि दोश्रो बर्षबाट बजेट छुट्याउन थालियो । हाल कोरोना भाइरसका कारण तेस्रो बर्षको बजेटमा ५० लाख कम आएको छ । त्यस मध्ये पूर्वाधार विकासमा ६८ लाख मात्र छ । वडाको हरेक क्षेत्रको विकासका लागि यो बजेट अप्राप्त छ ।
अन्य वडाको तुलनामा के फरक काम गर्नु भएको छ ?
यो वडा अरु वडाको तुलनामा भिन्न छ । वस्ती बाक्लो छ । वडामा शहरी स्वास्थ्यको आवश्यकता थियो । मावि विद्यालयकोका आवश्यकता थियो । त्यसैले हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा रह्यो । अन्य वडामा भन्दा यो वडामा सडक विस्तार र सहमतिका बाटोमा लगतकट्टाको काम पहिलो पटक गरेका छौं ।
५ बर्षे कार्याकालमा जनताले विकासको अनुभूति कस्तो पाउछन् र अवको वाकि अवधिमा के के काम गर्नुहुन्छ ?
अवका दिनमा यस्ता महामारी आएनन् भने जनतालाई आधारभूति विकासको अनुभूति हुने गरी काम भएका छन् । यहाँको भौगोलिकता, स्थानीयको जीवनशैली अनुसार विकास निर्माणका काम गर्ने छौं ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close