टर्की र सिरियामा भुकम्पमा परी दुई सय भन्दा बढीको मृत्यु

टर्कीमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा दुई सय भन्दा बढीको मृत्यु भएको छ । दक्षिण पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।
टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् ।
यस्तै, सिरियामा पनि भूकम्पले मानवीय क्षति पुर्‍याएको छ । त्यहाँ एक सय भन्दा बढी मानिसको भूकम्पबाट मृत्यु भएको छ ।
भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको दाबी छ ।
सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरिएको थियो ।
शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।
भूकम्पकमा परेकाको उद्धार र राहतका लागि विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत सहयोग र राहतको प्रतिबद्धता जनाउनुका साथै समवेदना प्रकट गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close