अमेरिकी राष्ट्रपति बाइडेनको आकस्मिक युक्रेन भ्रमणले राजनीतिक तरङ्ग

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गर्नु भएको छ ।

ह्वाइट हाउस पुलले जनाएअनुसार उहाँले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता हुनु भएको हो । राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ।

पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close