
विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख २४ हजार ७५ पुगेको छ भने संक्रमितको संख्या १ करोड ९५ लाख ४२ हजार ६ सय २६ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड २५ लाख ४४ हजार ६ सय ३८ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ६४ हजार९४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख ९५ हजार ५ सय २४ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ९९ हजार ७ सय २ पुगेको छ भने संक्रमितको संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ७ सय २५ पुगेको छ भने संक्रमितको संख्या ८ लाख ७७ हजार १ सय ३५ पुगेको छ ।