
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्जका दुई पुरुष रहेका छन्। जसमा वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा उपचार गरिरहेका ६८ वर्षीय पुरूष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए ।
उनीहरुको नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । दुबै जना पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
गण्डक अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितमा मुटुको समस्या र नेशनल मेडिकल कलेजमा मृत्यु भएका पुरुषलाई झाडापखालाको समस्या रहेको बताइएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । वीरगन्जका दुबै जनाको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।