करेन्ट लागेर युवकको मृत्यु

सुर्खेत, २० माघ ।
सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो वीरेन्द्रनगर–११ धुलियाबीटमा स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो । घरमा जोडेको बिजुलीको तर बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हो ।
त्यही घटनामा परी स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते हुनुभएका छ । उहाको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको छ । डिएसपी घर्तीका अनुसार घाइतेको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close