देउडा संस्कृति संरक्षणमा जुट्दै कर्णालीका नागरीक

कमल कुमार न्यौपाने
सुर्खेत २४, पुस ।
डेउडा गीत नेपालको कर्णाली र सुदुरपश्चिम प्रदेशमा गाईने प्रचलित लोक गायन शैली हो । यसलाई डेउडा भाषा, डेउडा गीत, लोक डेउडा आदी नाम दिएको पाइन्छ । गायनको माध्यमबाट आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा कर्णालीका नागरिक लागि परेका छन् ।
डेउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्याउले खेल भनिन्छ । डेउडा गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । डेउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रूपमा पनि गाउन सकिन्छ ।
पुरुष वा महिला समूहसँग मायाप्रीति दुःख सुखका गीत गाएर देउडा खेल्ने गरिन्छ । प्रदेश राजधानी भइसके पछि अहिले कुनै कुनै .समूहले देउडा गीतको संरक्षणमा कर्णालीका नागरीकको यस प्रती मोह बढ्दै गएको छ । स्थानीय चाडपर्व तथा प्रत्यक महिनाको १ गते र १५ गते देउडा गीत महिला र पुरुष बीच वा महिला तथा पुरुष एक्लै पनि गाउने गरेका छन् ।
कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा देउडा संकृति लोप हुँदै गएकाले यसको संरक्षण तथा लोप हुदै गएका पुरानो सस्कृतिहरु जोगाइ राख्न पनि डेउडाको आयोजन गर्ने गरिएको जानकारहरु बताउछन् । पुराना व्यक्तीहरुले डेउडाको रक्षा गरेमात्र नहुने भएकाले अब आउने नयाँ पिडहरुले पनि डेउडाका केहो र किन यो खेल्नु पर्छ भन्ने सामान्य जानकारी हुने पर्ने उनीहरुको भनाई छ ।
कर्णालीको परिचान र कर्णालीको भाषा तथा पुरानो संस्कृती जोगाउन पनि डेउडा खेल्ने गरेको उनीहरुले बताउछन् । आफना आफन्तजन सगं भेटघाट तथा दुख र सुख साटा साट हुने भएकोले पनि यसरी डेउडा खेलको आयोजना गर्ने गरेको छ । डेउडा सस्कृतीको संरक्षणका लागी सरकारले बिशेष चासोको साथ हेर्नु पर्ने संस्कृतिको संरक्षणमा लागेका अभियान्ताहरुको भनाइ छ ।
विश्व बजारमा प्रविधिले एक तर्फी विकास गरेपछि देउडा संस्कुति संकटमा पर्दै गएको छ । पुर्खाहरुवाट चल्दै आएको संस्कृतिलाई संरक्षण गर्नका लागि राज्यले पनि केही गरे उत्साह थापिने देउडा पौरखीहरु वताउछन् । आजको विश्व बजारमा देउडा गीतका पौरखीहरु बजारमा ल्याउन नसक्नु र समय अनुसार देउडा संस्कृतिलाई आधुनिकता विकास गर्न नसक्नु अहिलेको चुनौती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close