
कर्णाली प्रदेश अस्पतालमा दैलेखका कोरोना संक्रमति एक जना वृद्धको मृत्यु भएको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार बिहान उनको मृत्यु भएको हो।
दैलेखको गुराँस गाउँपालिका–५ का ८७ वर्षीय ती वृद्धलाई सास फेर्न गाह्रो भएपछि मंसिर १५ गते प्रदेश अस्पतालमा भर्ना भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
भर्ना भएकै दिन एक्सपर्ट विधिबाट उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।
उनलाई अझ गाह्रो भए पनि २४ गतेदेखि इन्सुलिनबाट उपचार सुरू गरिएको थियो।
भर्ना भएकै दिन एक्सपर्ट विधिबाट उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।
उनलाई अझ गाह्रो भए पनि २४ गतेदेखि इन्सुलिनबाट उपचार सुरू गरिएको थियो।