भारतबाट आएका नेपाली चढेको बस डोटीमा दुर्घटना, तीन जनाको मृत्यु

डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट आएका नेपालीलाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बसमा सवार ३२ जना मध्ये ३ जनाको मृत्यु भएको र २९ जना घाइते भएको उनले बताए ।

घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पठाएको उनले बताए । ६ जना गम्भीर छन् भने अन्य घाइते सामान्य नै रहेको उनको भनाइ छ ।  मृतक ३ जनाको सनाखत भइ नसकेको उपरीक्षक विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close