समिट एयरका दुई पाइलट निलम्बन

नागरिक उड्डयन प्राधिकरणले पोखरा जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को पाइलटलाई निलम्बन गरेको हो।
प्राधिकरण अनुसार अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ। भिएफआर मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। अगाडिको दृश्य देखिँदैन। त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close