इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन सुर्खेत प्रशासनको अनुरोध

 

वीरेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको छ । प्रशासनले सोमबार एक सुचना जारी गर्दै स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न प्रश्चाप पाउँनेगरि प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।

उक्त जारी सुचनामा भनिएको छ, २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नकोलागि यस जिल्लाभित्र रहेका इजाजतलिई राखिएका विभिन्न किसिमका हात–हतियारहरु निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी नजिकको प्रहरी इकाईहरु मार्फत् जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा १५ दिनभित्र बुझाउनको लागि सम्बन्धित सबैमा जानकारी गराएइको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close