ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक को घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी–२ कि ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्रक, ट्रकका चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close