भूमिहिनलाई लालपुर्जा वितरणको काम तिव्र गतिमा अगाडि बढ्छः काँग्रेस उपसभापति खड्का

सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैको भ्रममा नपरेर गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन्। सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन २०७९ लक्षित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले राष्ट्रिय हितलाई मध्यनजर गर्दै नेपाली काँग्रेसको नेतृत्वमा चुनावी गठबन्धन गरिएकाले गठबन्धनका विषयमा फैलाईएका भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गर्नु भयो ।

सुर्खेतका सन्दर्भमा बोल्दै उहाले भूमिहिनलाई लालपुर्जा वितरणको काम तिव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। अहिले भेरीगंगा र गुर्भाकोट नगरपालिकाका भूमिहिनहरुलाई लालपुर्जा वितरण कार्य सुरु भईसकेकाले सबै भूमिहिनले लालपुर्जा नपाउँदासम्म यसको निरन्तरता रहने बताउनु भयो ।
उपसभापति खड्काले गठबन्धन तथा काँग्रेसका एकल उम्मेदवारहरुलाई हिजोका जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरुलाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गर्नु भयो उहाले आइतबार लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्नु भएकाे छ।
सोमबार वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्ने तालिका छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close