टोल विकास समिति बलियो भए काँग्रेस बलियो हुन्छः नेता कोइराला

नेपाली काँग्रेस वीरेन्द्रनगर १ धारापानी टोल विकास समितिभित्र रहेका साधारण तथा क्रियाशील सदस्यहरूको भेलाले भवीसरा जिसीको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन गरेको छ ।
वडा अध्यक्ष नवल गिरीको सभापतित्व तथा नेपाली काँग्रेस सुर्खेतका पूर्व कोषाध्यक्ष एवम सुचना, सञ्चार तथा प्रचार विभाग केन्द्रिय समितिका पूर्व सदस्य तथा नेपाली काँग्रेसका नेता गोविन्द कोइरालाको प्रमुख आतिथ्यतामा टोल समिति गठन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सशक्त ढंगले पार्टी गतिविधिलाई अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेसको विद्यानको संरचना अनुसार ८ तले दरबार मध्ये टोल विकास समिति बलियो हुनुपर्ने बताउनु भएको छ ।
उहाँले आठ तले भव्य दरबारको महत्वपूर्ण संरचना बलियो बनाउन सवै लाग्नु पर्ने बताउदै पहिलो संरचनाका रुपमा रहेको टोल विकास समिति वलियो भए मात्र वडा, नगर, क्षेत्र, जिल्ला हुदै पार्टी शसक्त हुने बताउनु भयो । ‘टोल समिति वलियो भए मात्र काँग्रेसले आगामी निर्वाचनमा मत परिणाम आफ्नो पोल्टामा पार्ने छ’ नेता कोइरालाले भन्नु भयो, ‘आठ तले दरबार बलियो हुनलाई आधारको रुपमा रहेको टोल बलियो हुनुपर्छ ।’

उहाँले टोल छिमेकमा आत्मीय सम्बन्ध राख्ने पार्टी भनेकाले नै सुखमा अनि दुःखमा काँग्रेस भनिएको सन्दर्भ उल्लेख गर्दै त्यसको सार्थकताका लागि टोलवासीलाई एकतावद्ध हुन आव्हान गर्नुभयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close