बराहतालमा जग्गा नापजाँचमा तिव्रता

वराहताल गाउँपालिकामा जग्गा नापजाँच कार्यलाई तिव्रता दिइएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिका अध्यक्ष भीम भण्डारीले जानकारी दिए ।


बराहताल गाउँपालिकाका १० वटै वडाका करिव ५ हजार अव्यवस्थित जग्गाको नापजाँच गरिने भएको छ । हालसम्म गाउँपालिकाका ३ हजार तीन सय सेतो पूर्जा भउका जग्गाको नापजाँचको प्रक्रिया थालिएको हो । अध्यक्ष भण्डारीका अनुसार १ सय पचास पुर्जा वितरण भइसकेको र अब तत्काल ४ सय पूर्जा वितरणको तयारी भइरहेको छ ।
भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित जग्गाहरुको नापजाँच भइरहेको छ । हाल बराहताल गाउँपालिकाको वडा नं. २, ४ र ५ का जग्गा नापजाँच भइरहेको छ ।
जग्गा नापजाँचमा विवाद भएमा दुइ चरणाम सहजीकरण भएको छ । वडास्तरमा समस्या आएमा वडाकै सहजीकरण समितिले विवाद टुंगाउने काम गर्ने अध्यक्ष भण्डारीले बताए । वडास्तरमा समेत स्थानीयलाई नापजाँचमा चित्त नबुझे पालिकास्तरीय सहजिकरण समितिले टुंगाउने उनले बताए । हालसम्म जग्गा नापजाँचमा समस्या नआएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close