वीर अस्पतालमा थप एक डाक्टरलाई कोरोना, ३५ कर्मचारी क्वारेन्टाइनमा

वीर अस्पतालमा कार्यरत थप १ जना डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना देखिएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए।

वीर अस्पतालमा बिहीबार पनि एक चिकित्सकलाई कोरोना देखिएको छ।

अस्पतालका २ डाक्टरमा कोरोना देखिएपछि ३५ जनालाई क्वारेन्टाइनमा राखिएको डा सेञ्चुरीले बताए।

कोरोना संक्रमण देखिएका दुवै जनामा ज्वरोको लक्षण देखिएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close