ब्ल्याक टीका फाइदै–फाइदा

हामी बिहान उठ्ने बित्तिकै ब्ल्याक टी पिउनु स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक हुने पाइएको छ ।

पछिल्लो समय दिउँसो पनि मिल्क टीको सातो ब्ल्याक टी खानेहरुको संख्या बढ्न थालेको अनुभव गर्न थालिएको छ ।

वास्तवमा हामीले ब्ल्याक टी सेवन गर्नुका पछाडि के–कस्ता फाइदाहरु छन् भन्नेतर्फ भने ध्यान दिएकै हुँदैनौं ।

ब्ल्याक टीको नियमित सेवनका आफ्नै फाइदाहरु छन् ।

जस्तै– ब्ल्याक टीको सेवनले हाम्रो शरीरमा ग्लूकोजको लेभल सन्तुलित हुन्छ ।

केही रिसर्चहरुमा के कुरा पत्ता लागेको छ भने ब्ल्याक टीमा ब्लड सुगर नियन्त्रण गर्ने खुबी समेत हुन्छ ।

रिसर्चका क्रममा सामान्य स्वास्थ्य भएका व्यक्ति तथा मधुमेय भएका व्यक्तिहरुलाई ब्ल्याक टी सेवन गराइएको थियो ।

त्यसपछि ब्ल्याक टीकै कारण दुबै प्रकारका व्यक्तिमा ग्लूकोजको मात्रा कम भएको नतिजा प्राप्त भयो ।

अर्को एउटा अध्ययनमा के पाइयो भने ब्ल्याक टीको सेवनले एउटा सुगर एडेड ड्रिङ्क्स लिएपछि पनि स्वस्थ र मधुमेय भएका दुबै व्यक्तिहरुमा ब्लड सुगरको लेभलको वृद्धिलाई रोक्न सफल भएको छ ।

एशिया प्यासिफिक जरनल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित भएको उक्त अध्ययनमा पनि के कुरा उल्लेख गरिएको थियो भने ब्ल्याक टीले निकै प्रभावकारी तरिकाले मधुमेयलाई नियन्त्रणमा राख्न सफल भएको छ ।

अध्ययनका क्रममा के कुरा सार्वजनिक भयो भने ब्ल्याक टीमा पाइने पेलिफेनल्स तथा एन्टि–अक्सिडेन्ट् टाइप–२ ले मधुमेयका साथै क्यान्सरको खतरालाई पनि कम गर्छ ।

ब्ल्याक टीमा फ्लोराइडको मात्रा पनि राम्रो हुन्छ ।

त्यसले हाम्रो हड्डीहरुलाई मजबूत बनाउन तथा शरीरलाई निरोगी राख्न सहयोग पुर्‍याउँछ ।

प्रयोगशालामा गरिएको अनुसन्धानबाट के कुरा पत्ता लाग्यो भने ब्ल्याक टीले कार्बोहाइड्रेट्सको अवशोषणलाई कम गरेर पोस्ट प्रोडियल ब्लड ग्लूकोज घटाउन समेत सहयोग पुर्‍याउँछ ।

तर, अध्ययनमा सक्रिय विशेषज्ञहरुको भनाइ के छ भने अहिले ब्ल्याक टीले ग्लूकोज नियन्त्रण र यसबाट हुने लाभहरुका बारेमा अझै धेरै अनुसन्धान हुन बाँकी नै छ ।

ब्ल्याक टी पिउने सही तरिकाका बारेमा समेत जानकारी हुनु अनिवार्य छ ।

सही तरिका के हो भने यदि त्यसमा तपाईंले चिनी नराखी पिउन सक्नु भयो भने सबैभन्दा उत्तम हो ।

तर, यदि चिनी राख्नै पर्नेछ भने निकै थोरै मात्रामा चिनी राखेर ब्ल्याक टी पिउन सक्नु हुनेछ ।

ब्ल्याक टीले इन्सुलिन सेन्सेटिभिटीमा सुधार ल्याउँछ ।

त्यसले ब्लड सुगरलाई नियन्त्रण गर्नुका साथै रगतलाई पातलो बनाइरहन समेत मद्दत पुर्‍याउँछ ।

यसले ब्ल्ड क्लटिङको खतरा पनि कम हुन्छ ।

ब्ल्याक टीका बारेमा गरिएको अध्ययनमा ती ५० देशहरुबाट तथ्यांक संकलन गरिएको थियो, जहाँ ब्ल्याक टीको खपत सबैभन्दा बढि हुन्छ ।

त्यसमा आयरल्याण्ड, बेलायत, टर्की तथा रुस जस्ता देशहरु समावेश छन् ।

ती देशहरुका मानिसमा टाइप–२ मधुमेयका बिरामीहरुको संख्या निकै कम पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close