
भातमा प्राकृतिक रूपमा हुने आर्सेनिकका कारण धेर भात खाँदा मुटुरोग लागेर मर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
धानमा आर्सेनिक प्राकृतिक रूपमै जम्मा हुने र त्यसले बिरामी बनाउने, पेटको क्यान्सर गराउने र कलेजोको रोग गराउने गर्छ । गम्भीर स्थिति आयो भने मृत्यु हुन सक्छ ।
संसारका धेरै देशमा भात नै मुख्य भोजन हो । विकासशील देशहरूमा क्यालोरी र पोषणका लागि मानिसहरू भात खाने गर्छन् ।
प्रत्येक वर्ष ५० हजार मानिस अल्पायुमै मर्नुको पछाडि भातमा रहेको आर्सेनिक पनि एउटा कारण भएको अनुमान गरिन्छ ।
आर्सेनिक माटोमा प्राकृतिक रूपमा रहन्छ । आर्सेनिक सहितको कीरा मार्ने रसायन वा सिँचाइका लागि उपयोग गरिने पानीमा भएको टक्सिनमा आर्सेनिक हुन्छ ।
खेतमा धेरै पानी लगाएर डुबाउँदै धान फलाइने भएकाले माटोको आर्सेनिक निस्कने र धानले सोस्नुअघि पानीमा आर्सेनिक जाने गर्छ ।
धानको जराले आर्सेनिकलाई सोस्ने भएकाले धानको आफ्नै प्रतिरक्षा प्रणालीले विष रोक्न सक्दैन ।
म्यानचेस्टर र साल्फोर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले बेलायत र वेल्समा भात खाने तरिकाको अध्ययन गर्दा आर्सेनिकका कारण मानिसहरूमा मुटुरोग व्यापक रहेको पाए ।
अझ विश्वव्यापी तापक्रम बढ्दै जाँदा धानमा आर्सेनिक प्रवेश गर्ने सम्भावना झनै बढ्ने अध्ययनहरूले देखाएका छन् ।