
खानपिनको चीजहरु अर्थात खाद्य पदार्थहरु हाम्रा सबैभन्दा राम्रा साथी पनि हुन सक्छन् भने कहिलेकाहिं दुश्मन पनि ।
प्रायस् मानिस स्वाद बढाउनका लागि विभिन्न किसिमका खानाहरुलाई मिश्रण गरेर अर्थात फूड कम्बिनेसन गरेर खान्छन् ।
त्यसले उनीहरुको स्वास्थलाई नोक्सान पनि पुऱ्याउन सक्छ ।
हामीले स्वस्थ्य रहनाका लागि सही मात्रामा खाना खानु अति आवश्यक छ ।
यहाहृ केही त्यस्ता खाद्य पदार्थकाहरुको सम्मिश्रणका बारेमा जानकारी दिँदैछौ, जसलाई संगै हुँदैन ।
मह र घीउ
आयुर्वेदमा मह र घीयू एकैपटक खानु हुँदैन । मह तातो कुरा हो भने घीउ चिसो । दुई भिन्दा–भिन्दै कुरा मिसार खानाले शरीरमा नराम्रो असर पार्छ ।
दुध र तरभुजा
दुधसंग तरभुजा कहिले खानु हुँदैन । दुधलाई पचाउन समय लाग्छ भने तरभुजा पचाउनका लागि एसिडको आवश्यकता पर्छ । यस्तो कुराहरु एकै पटक खानाले हाम्रो स्वास्थका लागि हानिकारक हुन सक्छ ।
कुखुराको मासु र आलू
कुखुराको मासुमा प्रोटीन हुन्छ । यदि चिकेनको साथ कार्बोहाइड्रेट सेवन गऱ्यो भने दुई भिन्दै किसिमको कुरा मिलेर ग्यास र पेट फुल्ने समस्या उत्पन्न हुन सक्छ । केही मानिसहरु यी दुबै कुरा मिसाएर पकाउने गल्ति पनि गर्छन् ।
फलफुल र कुखुरको मासु
फलफुल र चिकेन एकैपटक खानाले हाम्रो पाचन प्रकृयामा दुष्प्रभाव पर्छ र यसले बिस्तारै–बिस्तारै पाचन प्रकयाललाई कमजोर बनाउन थाल्छ । त्यसैले यस्तो गल्ति गर्नुबाट बच्नु पर्छ ।
मह र मुला
मह र मुलालाई एकैपटक खानाले शरीरमा टक्सिन उत्पन्न हुन्छ, जसले हाम्रो पाचन प्रकृया बिग्रने खतरा हुन्छ । त्यसैले यी दुबै कुरा एकैपटक अथवा संग–संगै खानाबाट बच्नु पर्छ ।
चीज र ड्राईफुड
यी दुबै कुरा पनि एकै साथ खानु हुँदैन । यसो गर्नाले पाचन प्रकृया सही हुँदैन ।
माछा र दुध
दुधसंग माछा सेवन गर्नाले पनि शरीरमा नराम्रो असर पुग्छ । त्यसैले यी दुबै कुरालाई एकै पटक खानु हुँदैन । विशेषज्ञका अनुसार दुबै खानेकुरा एकै पटक सेवन गर्नाले छालासंग सम्बन्धित समस्यालाई बढाउन सक्छ ।