नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोना भाइरस, बेलायतबाट आएका तीन जनामा पुष्टि

बेलायतबाट नेपाल फर्किएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको नेपालमा पनि भेटिएको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको जानकारी दिएको हो ।

केही समयअघि बेलायतबाट नेपाल फर्किएकाहरुमध्ये तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको थियो । मन्त्रालयले नयाँ प्रजातिको भाइरस हो वा होइन भन्ने पुष्टि गर्न पुस २७ गते उनीहरुको नमुना हङकङ प्रयोगशहाला पठाएको थियो । उक्त नमुनाको नतिजा आज प्राप्त भएको र तीन जनामा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको मन्त्राालयले जनाएको छ ।

मन्त्रालयले जबसम्म रोगको भ्याक्सिन नेपालमा उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सावधानी आग्रह गरेको छ । साथै मन्त्रालयले भीडभाडमा नजाने, जानुपरेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउनेलगायतका उपाय अपनाउन पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close