भारतमा संक्रमितको नयाँ रेकर्ड, मृतक पनि बढ्न थाले

कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ८२ हजार ८८५ जनाको मृत्यु भएको छ भने १ करोड ७७ लाख ५४ हजार १८३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ११ लाख ५८ हजार २८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ५६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३६ हजार ५५१ जनाको मृत्यु भएको छ भने १६ लाख ९७ हजार ५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख ९५ हजार ६४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

भारतमा ५ लाख ६४ हजार ८५६ जना स्वास्थ्योपचाररत रहेका छन् । त्यस्तै भारतमा शुक्रवार मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

त्यहाँ शुक्रवार एकैपटक ५७ हजार ७०४ जना नयाँ संक्रमित थपिएका छन् भने ७६५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close