ब्राइटल्याण्ड स्कुलको खेलकुद सप्ताह

सुर्खेतको वीरेन्द्रनगर ११ पिपीरामा रहेको ब्राइटल्याण्ड सेकेण्डरी स्कुलमा खेल सप्ताह शुरु भएको छ । सहिद दिवसको अवसर पारेर स्कुलले सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुरु गरेको हो ।
खेलकुद सप्ताहको उदघाटन गर्दै प्याव्सन नेपालका कर्णाली प्रदेश सचिव वेदप्रकाश ढकालले पढाईसँंगै खेलकुदलाई पनि अगाडि लिएर जानुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रिन्सिपल माधव भण्डारीका अनुसार सहिद दिवसको अवसरमा विद्यार्थीहरुलाई खेलकुद प्रति रुचि जगाउन सप्ताहव्यापी रुपमा कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँका अनुसार एथलेष्टिक अन्तरगत विभिन्न खेलकुद प्रतियोगिता संचालन हुने छन् । यसै गरी म्युजिकल चियर, भलिवल, फुटबल, दौड, डोरी तान्ने लगायतका खेलमा विद्यार्थीहरुले भाग लिने छन् । प्रतियोगिता आगामी १९ गते समापन हुनेछ ।
खेलकुद सप्ताहको उद्घाटन समारोहमा स्कुलका संस्थापक अध्यक्ष बालदिप कंडेलले खेलकुदले विद्यार्थीहरुलाई अध्ययनशिल बनाउन सघाउ हुने भन्दै हरेक बर्ष यस्ता कार्यक्रम आयोजना गरिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close