
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिएको छ । आगामी बैशाख ४ गते हुने नयाँ नेतृत्वको लागि तत्कालिन संघका महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
निर्वाचन कार्यतालिकाअनुसार आज दुवै पक्षले उम्मेद्वारी दर्ता गराउनु भएको छ । कँडेलको संयुक्त व्यवासायी प्यानलको वरिष्ठ उपाध्याक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उप– महासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमप्रसाद पौडेलले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
यस्तै, वृहत लोकतान्त्रिक साझा समूह बनाएर चुनावी मैदानमा उत्रिएका खड्काको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी (राजु), उप–महासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सह–कोषाध्यक्षमा सूर्य केसी (बमु) ले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।