कोरोना महामारी मतदाताको समस्या बुुझ्दै नेता शाह (भिडियाे सहित)

समाजसेवी तथा पूर्व सांसद एवम नेपाली काँग्रेसका नेता राजिव विक्रम शाह मतदातासँग कोरोना भाइरसले पारेको समस्या बुुझ्न आफ्नो मतदातासँग जाजरकोटको निर्वाचन क्षेत्रमा पुुगेका छन् । मतदान सम्पन्न भएको २ बर्ष पछि गाउँ पुुगेका समाजसेवी शाहले कोरोनाले दैनिकीमा असर पुुगे पनि कुनै पनि स्वास्थ्य समस्यामा उपचारका लागि आफुु तयार भएको बताएका छन् ।
कोभिड अनुुगमन समितिका सदस्य समेत रहेका शाहले महामारीमा बच्न स्वास्थ्य सावधानी सवैले अपनाउन आग्रह गरे । महामारीले विश्वलाई नै आक्रान्त पारेको अवस्थामा नेपाली र त्यसमा जाजरकोटवासीका लागि स्वास्थ्य पूर्वाधारको अवस्था कमजोर भएकाले निकै सावधानी अपनाउनु पर्ने उनको भनाइ छ ।
एक फरक प्रसंगमा नेता शाहले सोती घटनाका पीडितले न्याय पाउनु पर्ने बताए । नेता शाहले पीडकलाई कडाभन्दा कडा कारबाही र पीडितलाई न्याय दिनुपर्ने पर्ने बताए । अहिले पीडित परिवार न्यायका लागि भौतारिरहेको भन्दै उनले पीडकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close