प्रद्यानमन्त्रीको कदम विरुद्ध सुर्खेतमा प्रर्दशन

सुर्खेत, ५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्ताव विरुद्ध सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर सुर्खेतमा रहेको नेकपा पार्टी कार्यालयबाट शुरु भएको विरोधसभा वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको छ ।
संसद विघटन प्रति विरोध गर्दै नेकपा जनवर्गीय संगठन तथा कार्यबर्ताले असंवैधानकि कदम खारेज गर, गणतन्त्र मास्न पाइँदैन, गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौ, तानाशाह मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।
प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकाले दिएको मतको अपमान भएको र संविधानको भावना विपरित भएको प्रर्दशनकारीको भनाइ छ ।

यसै बीच संसद विघटनको विरोधमा विवेकशिल साझा पार्टी कर्णाली प्रदेशले पनि वीरेन्द्रनगरको कालुन्चोकमा प्रर्दशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close