मुख्यमन्त्री शाहीलाई प्रदेशसभाबाट विश्वासको मत (भिडियाे सहित)

सुर्खेत ३ बैशाख ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । शुक्रबार दिउँसो बसेको प्रदेश सभाको सातौ अधिवेशनमा भएको मतदानमा नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेसँगै प्रदेशसभाले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको हो ।
३९ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद मतदामा सहभागि बनेका थिए । नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पक्षमा कुल २२ मत खसेको थियो भने विपक्षमा १५ मत खसेको थियो । शाहीलाई नेपाली कांग्रेसले साथ दिएको थियो तर राप्रपा भने तटस्थ बसेको थियो ।
यसअघि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले चैत्र ३० गते प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन वैशाख ३ गतेका लागि आह्वान गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चैत्र ३१ गते नै विश्वासको मत लिन पत्र दर्ता गर्नुभएको थियो ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही सङ्कटमा पर्नु भएका थियो । एमालेको समर्थन फिर्तापछि मुख्यमन्त्रीले राजीनामा दिने कतिपयको अनुमान थियो । मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएपछि कर्णाली प्रदेशको विकास र समृद्धिका लागि काममा जुट्ने बताउनु भयो ।
बाइटः महेन्दबहादुर शाही, मुख्यमन्त्री, कर्णाली प्रदेश ।
एमालेको नेपाल खनाल पक्षले फ्लोर क्रस गरेपछि मुख्यमन्त्रीको पद जोगिएको हो । यि मध्ये प्रकाश ज्वाला र नन्दसिंह बुढा मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा क्रमशः आर्थिक मामिला तथा योजना मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close