
नेकपा काठमाडौँ जिल्ला कमिटी अध्यक्ष एवं ओली खेमाका विघटित संसदका सांसद कृष्ण राइले आफ्नो पार्टी आधिकारिक भएको दाबी गरेका छन्।
प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले आफ्नो पार्टी आधिकारिक भएको र त्यसको सूर्य चिन्ह आफ्नै भएको बताए।
उनले सरकारको मर्मबिपरीत अर्को खेमाले सडक आन्दोलन गरिरहेको र त्यसको कुनै तुक नभएको दाबी गरे।
उनले भने,‘ सरकारविरुद्ध सडकमा आन्दोलन गरेर नारा लगाउनुको कुनै पनि औचित्य छैन। सरकारलाई नेतृत्व गरिरहेको हाम्रो पार्टी हो। त्यो आधिकारिक पार्टीले जनताका माग पुरा गर्छ। जनता हतोत्साहित हुनुपर्ने कुनै पनि कारण छैन।’
भेला सुरु भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्षा भइरहेको छ।