
काठमाडौं । शुक्रबार बस्ने तय भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
मंसीर २९ गते स्थायी कमिटी बैठक बोलाइएकाले एजेण्डा तय गर्न शुक्रबार सचिवालय बोलाइएको थियो । तर, नेताहरुको कार्यव्यस्तताका कारण सचिवालय स्थगित गरिएको अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका छन् ।
मंसीर ५ मा पार्टी मोर्चा सञ्चालनको कार्यकारी अधिकार दाहाललाई दिए पछि लगातार नेकपाको बैठक बसिरहेको छ । स्थायी कमिटीबाट पार्टी विधान र वैचारिक कार्यक्रम संशोधनको तयारी नेकपाले गरेको छ । कार्यकारी अधिकार दाहालले पाएपछि बैठक र निर्णयमा दाहालको सक्रियता बढेको छ ।