कोरोना संक्रमित भन्दा निको हुने बढी

लगातार दोस्रो दिन आज पनि कारोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय २२ जना निको भएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार चार सय ५२ जना संक्रमण मुक्त भएका छन् ।  यस्तै २४ घण्टामा एक हजार आठ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

पीसीआर र एण्टिजेन गरी १३ हजार एक सय ७६ जनाको परिक्षण गर्दा एक हजार आठ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा संक्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ४० हजार ८ सय ५ जना पुगेको छ । हिजो पनि संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी थियो ।

यस्तै थप २७ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० जना पुगेको छ । अहिले नेपालमा ३६ हजार ८ सय ६६ जना सक्रिय संक्रमित रहेकोमा ६ सय १५ जनाको आईसीयू र एक सय ७४ जनाको भेण्टिलेटरमा उपचार भइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close