रवि लामिछाने पुनः नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे

रवि लामिछाने पुनः नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।
शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः नागरिकता बनाउन प्रशासनमा पुगेका हुन् ।
अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close