
अमेरिकाको न्युयोर्कस्थित पक्की सडकमा एउटा कार ठूलो खाल्डो (सिंकहोल) मा खसेको अद्भुत दृश्य क्यामरामा कैद भएको छ ।
न्युयोर्क सिटी काउन्सिलकी सदस्य रोबर्ट होल्डनले तस्वीर शेयर गरेका हुन् ।
पार्किङ गरिरहेको कार सिंकहोलमा खसेको हो । त्यसको अघिल्लो भाग खाल्डोमा पसेको हो ।
पछि प्रहरी र उद्धारकर्मीहरू आए अनि कारलाई बाहिर निकाले ।
घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ ।
सिंकहोल कसरी बन्यो भन्ने विषयमा अनुसन्धान चलिरहेको छ ।
अमेरिका जस्तो विकसित देशको सडकमा पनि प्वाल पर्ने रहेछ भनी मानिसहरू आश्चर्यमा परेका छन् ।