२०२४ को चुनावी तयारी थाल्ने ट्रम्पको योजना, बाइडेनको सपथकै दिन सुरु गर्न सक्छन् अभियान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । आफुुविरुद्ध धाँधली भएको भन्दै उनले विभिन्न राज्यको निर्वाचन प्रक्रियाविरुद्ध कानूनी लडाइँ थालेका थिए । यद्यपी, इलेक्टोरल कलेजबाट जो बाइडेन राष्ट्रपति चुनिएमा सत्ता हस्तान्तरणमा बाधक नबन्ने संकेत उनले गरिसकेका छन् ।

जो बाइडेनको ह्वाइटहाउस प्रवेशको दिन नजिकिंदै गर्दा ट्रम्प पनि नयाँ योजना बनाउन व्यस्त छन् । द डेली बिस्ट न्युज पोर्टलमा प्रकाशित समाचारअनुसार जो बाइडेनले राष्ट्रपतिको सपथ लिएकै दिन अर्थात् २० जनवरी २०२१ मा राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने विषयमा ट्रम्पले सोचिरहेका छन् ।  २०२४ को निर्वाचन अभियानलाई कसरी सुरु गर्न सकिन्छ भन्ने विषयमा उनले सल्लाहकारहरुसँग छलफल थालेको समाचारमा उल्लेख छ । द हिल पत्रिका र ह्यारिस एक्स पोल्सस्टरले गरेको सर्वेक्षणअनुसार झन्डै ४७ प्रतिशत अमेरिकीहरुले २०२४ को ट्रम्पको उम्मेदवारीलाई समर्थन गर्ने देखिएको छ । अमेरिकी नागरिकहरुले नोभेम्बर ३ मा मतदान गरेका थिए, जसअनुसार जो बाइडेनका पक्षमा राष्ट्रपति चयनका लागि २ सय ७० भन्दा धेरै इलेक्टोरल मत सुनिश्चित भइसकेको छ । बाइडेनले आफुलाई विजयी घोषणा गरिसकेका छन् र धेरै देशबाट उनलाई बधाइ सन्देश आइसकेको छ ।

अमेरिकामा इलेक्टोरल कलेजले राष्ट्रपति चयन गर्छ । इलेक्टोरल कलेजको बैठक १४ डिसेम्बरमा बस्नेछ र यसले नै नयाँ राष्ट्रपतिका लागि मतदान गर्नेछ ।  त्यसपछि ६ जनवरी २०२१ नयाँ संसद्को सपथ हुनेछ, यसको पहिलो काममध्ये मतगणना पनि एक हुनेछ । त्यसपछि उपराष्ट्रपति माइक पेन्सले विजेता घोषणा गर्नेछन् । २० जनवरीमा नव निर्वाचित राष्ट्रपतिले सपथ लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close