ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ ।

देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाई योजनाबद्ध रूपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरूप झापाको चन्द्रगढी, मोरङको विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगन्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गरेको क्यानको २२औं वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

देश संघीयतामा भएको परिप्रेक्ष्यमा प्रादेशिक रूपमा महत्वपूर्ण ठूला आन्तरिक विमानस्थलाई प्रदेश सरकार, स्थानीय सरकार तथा संघीय सरकारको संयुक्त साझेदारीमा विकास तथा विस्तार गर्ने नीति लिइएको छ ।

सोहीबमोजिम विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्न प्रदेश नं १ सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र संघीय सरकारका तर्फबाट ५० प्रतिशत आर्थिक साझेदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थलको विकास र विस्तार गर्न प्रदेशले ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत आर्थिक साझेदारी गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको आन्तरिक हब विमानस्थलका रूपमा रहेको नेपालगन्ज विमानस्थलमा ६ आन्तरिक वायुयानभन्दा बढी क्षमताको एप्रोन विस्तार कार्य सम्पन्न गत १६ मंसिरबाट सञ्चालनमा आएको छ । उक्त एप्रोन छ वटा ए३२० जहाजलाई ‘पुस ब्याक अपरेसन’ गर्न सकिने गरी निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close