
कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ।
हालसम्म भारतमा कोरोना संक्रमितको संख्या २० लाख ३० हजार १ भन्दा बढी छ भने ४१ हजार ६७३ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ।
दक्षिण एसियामा अन्य देशको तुलनामा भुटान कम प्रभावित देखिएको छ। हालसम्म भूटानमा १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यहाँ हालसम्म कोरोनाका कारण कसैको निधन भएको छैन।
यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ६४५ पुगेको छ भने ६ हजार ५२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म बंगलादेशमा २ लाख ४९ हजार ६५१ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने ३ हजार ३०६ जनाको मृत्यु भएको छ।
यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३६ हजार ९६८ पुगको छ भने १ हजार ३०२ जनाले ज्यान गुमाएका छन्। दक्षिण एसियामा अफगानिस्तानपछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल रहेको छ।
नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण २१ हजार ७५० जना संक्रमित भएका छन्। तीमध्य अहिलेसम्म ६५ जनाको संक्रमणका कारण निधन भएको छ।
यस्तै माल्दिभ्समा अहिलेसम्म ४ हजार ६ सय ८० जनामा कोरोना देखिदा १९ जनाको मृत्यु भएको छ। श्रीलंकामा २ हजार ८ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाले ज्यान गुमाएका छन्।