कैलालीमा बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते

कैलालीमा बस र स्कारपियो ठोक्किँदा २७ जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जादै गरेको सुपप्र ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से१च १५९३ नम्बरको स्कारपिया विहिबार विहान आपसमा ठोक्किँदा २७ जना घाइते भएका हुन् ।

ठक्करबाट स्कारपियोमा सवार चालकसहित तीइनजना र बसमा सवार ३८ जना गरी ४१ मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको र अन्य सवार सकुशल रहेका छन्। बस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने वर्ष ३४ को गणेश रानाले चलाउनु भएको थियो ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close